तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ अघि नहुने
प्रकाशित मिति
२०७९ बैशाख २८ गते, बुधबार ०२:४३
२८ बैशाख २०७९, काठमाण्डौं : दाङको तुल्सीपुर उपमहानगरपालिकाको मतगणना जेठ ३ गतेपछि मात्रै हुने भएको छ । देशभर शुक्रबार स्थानीय निर्वाचन तोकिए पनि उम्मेदवारको मृत्यु भएका कारण तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ को निर्वाचन जेठ ३ गते मात्रै हुनेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
वैशाख ३० गते तुल्सीपुर उपमहानगरपालिकाको अन्य वडामा मतदान भएपछि १७ नम्बर वडाको सम्पूर्ण मतदान कार्यक्रम जेठ ३ गतेका लागि सारिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गहेन्द्र कुँवरले बताए ।
जेठ ३ गतेको दिन वडा नम्बर १७ को मतदान सकिएपछि सबै प्रक्रिया पुरा गरेर एकसाथ उपमहानगरपालिकाको मतगणना सुरु गरिने उनको भनाइ छ । एमालेका अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको सोमबार बेलुका उपचारको क्रममा निधन भएपछि वैशाख ३० गते निर्वाचन जेठ ३ गतेका लागि सारिएको हो ।
कलेजो र मिर्गौलासम्बन्धी रोगका कारण चौधरीको मृत्यु भएको थियो ।






प्रतिकृया