• ४ असोज २०८३, आइतबार
  • ४ः०९ बिहान

धादिङमा जेसीबी पुरिँदा चालकको मृत्यु

प्रकाशित मिति

२०७८ फाल्गुन ३ गते, मंगलवार ०६:००

३ फागुन २०७८, धादिङ : गंगाजमुना गाउँपालिका–५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने नयाँ ट्रयाक खन्ने क्रममा माथिबाट ढुङ्गाहरू खसेर जेसिबि पुरिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जेसीबाका चालक सर्लाही बस्ने ३६ वर्षीय रोशन कुमार चौधरी छन् । उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

National Life

जेसिबि पुरिएको र चालकको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगेको थियो । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया