• ४ असोज २०८३, आइतबार
  • ४ः१० बिहान

देशभरका आठ स्थानको खनिज पदार्थको उत्खनन लागि अनुमति

प्रकाशित मिति

२०७८ पुष २७ गते, मंगलवार ०२:४१

२७ पुस २०७८, काठमाडौँ :  खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको खनिज अध्ययन तथा उत्खननका अनुमति प्रदान गरेको छ । विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

National Life

विभागका अनुसार धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खननका लागि अनुमति प्रदान गरिएको छ । तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योगलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागका प्रवक्ता जयराज घिमिरेले जानकारी दिए ।


यसैगरी, भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरिएको हो । कूल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।


विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत रु ३७ करोड राजस्वसमेत सङ्कलन गरेको छ । यस्तै, विभागले देशका विभिन्न क्षेत्रको भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम समेत गरिरहेको छ । विभागका अनुसार विसं २०५२ देखि हालसम्म देशभरका विभिन्न २२ शहरको भूःइञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न भइसकेको छ । विभागले प्रत्येक वर्ष एक सहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्दै आएको छ । चालू आर्थिक वर्षमा विभागले बर्दियाको गुलरियामा भू इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययनको काम सम्पन्न गरेको थियो ।

प्रतिकृया