• ६ असोज २०८३, मंगलबार
  • ४ः०४ बिहान

‘भाइब्रेन्ट गुजरात समिट’मा भाग लिन देउवा भारत भ्रमण जाने

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०४:४०

९ पुस २०७८, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी जनवरी दोस्रो हप्ता भारत भ्रमण जाने तयारी भएको छ । बालुवाटार निकट स्रोतका अनुसार जनवरी १० देखि १३ सम्म भारतको गुजरातमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात समिट’ मा भाग लिन प्रधानमन्त्री देउवा भारत जाने तयारी भएको छ ।

National Life

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो समिटमा सहभागी हुन प्रधानमन्त्री देउवालाई निमन्त्रण दिइसकेका छन् । प्रधानमन्त्री देउवाले पनि निमन्त्रण स्वीकार गरिसकेको स्रोतले बताएके छ । यद्यपी मिति भने तय भइसकेको छैन ।


भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तिब्ररुपमा फैलिएकाले सो समिट अन्तिम समयमा स्थगित हुने सम्भावना पनि रहेकाले देउवाको भ्रमणको मिति तयमा निश्चितता नभएको स्रोतको बताएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया