• ४ असोज २०८३, आइतबार
  • २ः४१ दिउँसो

आयोग पदाधिकारले स्थानीय तहको चुनाव गर्न प्रधानमन्त्रीलाई २ मिति प्रस्ताव गर्ने

प्रकाशित मिति

२०७८ पुष ९ गते, शुक्रबार ०२:४४

९ पुस २०७८, काठमाडौँ : निर्वाचन आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । आयोगका पदाधिकारीले प्रधानमन्त्रीसमक्ष स्थानीय चुनावको मिति प्रस्ताव गर्ने तयारी गरेका छन् ।

National Life

वैशाख तेस्रो सातासम्म चुनाव सक्ने गरी २ वटा मिति प्रस्ताव गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । ‘निर्वाचन आयोगको टोलीले आज प्रधानमन्त्रीसमक्ष चुनावको तयारीलगायत मिति पनि प्रस्ताव गर्दैछ,’ उनले भने, ‘यसमा क्याविनेटले डिसिजन गर्छ ।’


आयोगले एक चरणमै निर्वाचन गर्न सरकारलाई सुझाव दिँदै २० गते वा २२ गते मतदान गर्ने मिति तोक्न प्रस्ताव गरेको छ । यसबारेमा आज प्रधानमन्त्रीसँग छलफलपछि टुंगो लाग्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, २ चरणमा गर्ने हो भने पहिलो मतदान वैशाखको १२ वा १४ गते र दोस्रो चरणको २० वा २२ गते नै गर्न प्रस्ताब गर्ने उनले बताए ।

प्रतिकृया