• ५ असोज २०८३, सोमबार
  • ११ः५६ राती

प्रधानमन्त्रीसहित देउवाले सम्हाले दुई मन्त्रालय

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०६:२०

५ पुस २०७८, काठमाडौँ : काँग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले थप एक मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएका प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका हुन् ।

National Life

राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई रक्षा मन्त्रालयको समेत जिम्मेवारी तोकेकी हुन् । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएसँगै राष्ट्रपतिले अर्को व्यवस्था नहुँदासम्म देउवालाई जिम्मेवारी तोकेकी हुन् । पार्टीको महामन्त्रीमा पराजित भएपछि रिजालले पुस १ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया