• ५ असोज २०८३, सोमबार
  • ५ः२० बिहान

रवीन्द्र मिश्रले प्रस्ताव गरे अनुसार राजतन्त्र मान्न नसकिने मिलन पाण्डेको जवाफ (पूर्णपाठसहित)

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०४:०३

५ पुस २०७८, काठमाडौं : विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै १५ पृष्ठ लामो स्पष्टीकरण सार्वजनिक गरेका छन् । उक्त स्पष्टीकरणमा उनले रवीन्द्र मिले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न नसकिने बताएका छन् ।

National Life

पाण्डेले स्पष्टीकरणको अन्त्यमा लेखेका छन्, ‘सरी रवीन्द्रजी, तपाईंले प्रस्ताव गरेअनुसार राजतन्त्र मान्न सकिँदैन, पञ्चायतलाई स्वीकार्न सकिँदैन । धार्मिक द्वन्द्व फैलाउने मुद्दा बोक्न सकिँदैन । वैकल्पिक राजनीति र लोकतन्त्रलाई दरबारमा चढाउन सकिँदैन ।’


आफूलाई केही दिनअघि स्पष्टीकरण सोधिएको जनाउँदै पाण्डेले भदौ १७ पछि मिश्रले बोलाएको बैठक र सो बैठकबाट भएका निर्णय अवैधानिक रहेको दाबीसहित निर्वाचन आयोगमा मुद्दा दिइएको भएपनि आफूमाथि केही प्रश्न उठेपछि नैतिकताका आधारमा जवाफ दिएको प्रस्ट पारेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बाह्य शक्तिबाट प्रेरित भएर यसरी सुसंस्कृत वैकल्पिक राजनीतिको नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै वैकल्पिक राजनीतिका हजारौं योगदानकर्ताहरुलाई धोका किन दिएको भनेर पनि उनले मिश्रलाई प्रश्न गरेका छन् ।


उनले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो ? देशलाई अफगानिस्तान÷काबुल बनाउने नियतका साथ तपाईको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नु भयो ?’


उनले मिश्रमाथि जुममार्फत बसेको केन्द्रीय समिति बैठकमा फेक आइडी राखेर बहुमत जुटाएको आरोपसमेत लगाएका छन् । उनले मिश्रलाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईंले जुम बैठकमा आएका–नआएका सबैको नाम राखेर निर्वाचन आयोगमा आफूसँग दुई तिहाई छ भनेर गलत दस्तावेज बुझाउँदैमा तपाईंसँग दुई तिहाइ छ भन्न मिल्दैन ।’ उनले मिश्रसँग दुई तिहाइ बहुमत नरहेको प्रमाण आफूसँग रहेको दाबी पनि गरेका छन् ।


पाण्डेले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईं संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान खारेज गर्न लागि परेका खासगरी दक्षिणी शक्ति केन्द्रहरु र अकुत सम्पत्ति आर्जन गरेका पूर्वदरबारिया शक्तिहरूको आर्थिक तथा अन्य प्रलोभनमा परी देशको संविधानलाई खारेज गर्ने अभियानमा संलग्न हुनुभएको चन्ने चर्चा सुनिन आएको छ, त्यसको सत्यता के हो ?’


बाह्य शक्तिबाट प्रेरित भएर यसरी सुसंस्कृत वैकल्पिक राजनीतिको नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै वैकल्पिक राजनीतिका हजारौं योगदानकर्ताहरुलाई धोका किन दिएको भनेर पनि उनले मिश्रलाई प्रश्न गरेका छन् ।


उनले मिश्रलाई प्रश्न गरेका छन्, ‘तपाईले धर्मको नाममा नागरिकलाई विभाजित गर्न धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने भनेर किन वकालत गर्नुभयो रु देशलाई अफगानिस्तान \ काबुल बनाउने नियतका साथ तपाईको धार्मिक युद्ध गराउने चाहनाको भारी किन पार्टीलाई बोकाउन खोज्नु भयो र?’

प्रतिकृया