काँग्रेसले बोलायो संसदीय दलको बैठक
प्रकाशित मिति
२०७८ भाद्र २१ गते, सोमबार ०५:१८
sf7df8f}F !^ h]7 M
g]sf ;+;bLo bnsf] a}7s
g]kfnL sfFu|]; kf6L{sf] z'qmaf/ gofF afg]Zj/l:yt ;+3Lo ;+;bsf] Nxf]T;] xndf a;]sf] ;+;bLo bnsf] a}7s . t:jL/ M /f]zg ;fksf]6f÷/f;;
२१ भाद्र, २०७८ काठमाडौँ : नेपाली काँग्रेसले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकले संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे पार्टीको रणनीति तयार गर्ने बताइएको छ ।
संघीय संसदको बैठक बुधबारका लागि बोलाइएको छ । नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठक भदौ २३ गते बुधवार अपराह्न ४ बजे बस्ने गरी बोलाएकी हुन् ।
सो अधिवेशनमा सरकारले यसअघि ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रस्तुत हुनेछ । यस्तै आगामी अधिवेशनमा सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन गर्ने विधेयक पनि ल्याउने बताइएको छ ।






प्रतिकृया