• ३ असोज २०८३, शनिबार
  • ५ः३१ बेलुका

माधव नेपालको पक्षमा देखिएका एमालेका ३४ जना सांसद को-को हुन्रु

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार ०५:५२

४साउन, २०७८ काठमाडौँ : अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयलाई चुनौती दिँदै एमालेका २२ जना सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। आइतबार राति प्रतिनिधिसभामा भएको मतदानमा वरिष्ठ नेता नेपालसहित २२ जनाले देउवालाई मत दिएका छन् भने नेपाल पक्षकै १० जना सांसद भने अनुपस्थित भएका छन्।

National Life

संसद भवन पुगरेर पनि मतदान गर्ने बेलामा उनीहरु योजनाबद्ध रुपमा बाहिरिएका हुन्। नेपाल पक्षकै सांसद भीम रावलले अन्तिम समयमा राजीनामा नै दिएका छन् भने झलनाथ खनाल उपचारका लागि दिल्लीमा छन्। उनले देउवाको पक्षमा मतदान गर्न आह्वान गरेका थिए। १२१ सदस्यीय एमाले संसदीय दलमा नेपालको पक्षमा ३४ जना देखिएका छन्। ओली पक्षमा खुल्दै आएका आठ जनाले आइतबार देउवालाई मत दिए।


देउवाले संसदको १६५ मत प्राप्त गरेर विश्वासको मत पाएका छन्। १३६ मत चाहिने भए पनि देउवाले आफ्नै पार्टी कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र नेपाल पक्षको सहयोगमा १६५ मत पाएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यी हुन् ओलीलाई चुनौती दिँदै देउवालाई भोट हाल्ने २२ सांसद

माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
विरोध खतिवडा
भवानी खापुङ
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण


मतदान नगरी अन्तिम समयमा बाहिरिने नेपाल पाक्षका १० सांसदहरु

सुरेन्द्र पाण्डे
घनश्याम भुसाल
गोकर्ण बिष्ट
योगेश भट्टराई
झपट रावल
यज्ञराज सुनुवार
सोमप्रसाद पाण्डे
दीपकप्रकाश भट्ट
नारायण खतिवडा
राजबहादुर बुढा

प्रतिकृया