• ४ असोज २०८३, आइतबार
  • ४ः२९ बेलुका

एमाले महाधिवेशन आयोजक कमिटिको बैठक बस्दै

प्रकाशित मिति

२०७८ असार १६ गते, बुधबार ०८:३५

काठमाडौँ : नेकपा एमालेको १० औँ महाधिवेशन आयोजक कमिटिको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

National Life

एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रूपान्तरण गरि पूर्ववत् केन्द्रीय कमिटि बनाउने तयारी गरेको छ ।


पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबारको स्थायी कमिटिले बुधबार हुने आयोजक कमिटिको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सोही अनुसार बुधबारको बैठकले महाधिवेशन आयोजक कमिटिलाई नै केन्द्रीय कमिटि बनाउने तयारी रहेको छ ।एमालेको केन्द्रीय समितिको बैठक आउँदो शुक्रबार बोलाउने तयारी गरेको छ ।

प्रतिकृया