• ३ असोज २०८३, शनिबार
  • १०ः१० राती

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जाको सुविधा

प्रकाशित मिति

२०७८ असार १२ गते, शनिबार ०६:१३

काठमाडौँ : नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ।केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो।

National Life

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ।


कुल १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनः कर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोनाका कारण समस्यामा परेका आयोजनालाई पनि यस्तो सुविधा उपलब्ध हुनेछ। केन्द्रीय बैंकले प्रतिग्राहक १५ लाख रुपैयाँसम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, पाँच करोडसम्मका विशेष र साधारण पुनरकर्जा उपलब्ध गराएको छ। उक्त कर्जा क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई एकमुष्ट रुपमा प्रदान गरिनेछ। – रासस

प्रतिकृया