• 10:39 am

महेश बस्नेतको प्रश्न : प्रचण्डको भविष्यवाणी मिल्नु सेटिङ हो कि सूचना चुहाइयो ?

प्रकाशित मिति

June 22, 2021

फाइल तस्वीर

काठमाडौँ : नेकपा एमालेका नेता महेश बस्नेतले मन्त्रिपरिषद विस्तारसम्बन्धमा सर्वोच्च अदालतले गरेको अन्तरिम आदेशमा सेटिङको शंका गरेका छन् । सर्वोच्च अदालतको आदेशबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डले हिजै भविष्यवाणी गरेको भन्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् ।


सर्वोच्चको आदेशपछि फेसबुकमा लेख्दै उनले प्रचण्डको भविष्यवाणी कसरी मिल्यो भनेर प्रश्न उठाएका छन् । हिजो धादिङमा कार्यकर्ताबीच प्रचण्डले सर्वोच्चले २१ जना मन्त्रीहरू पदमुक्त गराइदिने सूचना आफूले पाएको भनेर बोलेको समाचार केही मिडियामा आएका थिए ।


उनले लेखेका छन्, ‘यो फैसलापछाडि आमरूपमा के प्रश्न उठेको छ भने, अदालतका फैसलाहरु कि सेटिङमा हुने गर्दछन् कि न्यायालयहरूले सम्भाव्य फैसलाको पूर्वानुमान खास ठाउँमा दिने गर्छन् । कि प्रचण्डको भविष्यवाणी काग कराउनु कुखुरा हराउनु भएको हो । जे भए पनि न्यायालयको बारेमा जे भैरहेको छ ठीक भैरहेको छैन ।’

राजनीति बिग्रँदा अराजकता फैलने भन्दै उनले न्यायालय बिग्रदा जनतामा निराशा प्रकट हुने बताएका छन् । ‘जे होस अन्तरिम आदेशको अन्तर्य हेर्दा प्रधानमन्त्रीले संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेकोलाई भने स्वीकार गरेको देखियो,’ उनले लेखेका छन् ।


प्रतिकृया