• ५ असोज २०८३, सोमबार
  • १२ः०० राती

विज्ञापनमा एकद्वार नीति मान्य हुँदैन : नेपाल विज्ञापन संघ

प्रकाशित मिति

२०७८ जेष्ठ ३० गते, आईतवार ०३:२०

काठमाडौँ : नेपाल विज्ञापन संघ (आन) ले विज्ञापनको क्षेत्रमा विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एक एकद्वार नीति ल्याउन लागिएको भन्दै त्यसको विरोध गरेको छ।

National Life

संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भूमिकालाई खुम्च्याउने गरी बनाउँदै गरेको भन्दै ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्ने बताए।


बोर्डले सरकारी विज्ञापन दामासाही तरिकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्ने उनले बताए। विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, ‘एकद्वार नीति एकदमै प्रत्युत्पादक छ। सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ। त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो। त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ। र विज्ञापन क्षेत्रको उत्थानका लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ। विज्ञापन क्षेत्रको विस्तारका लागि मिडियाको उन्नतिको लागि, विज्ञापन व्यवसायीहरुको स्तरोन्नतिको लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ।’


नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष रविन्द्र रिजालले सरकार अथवान नीजि क्षत्रले गर्ने विज्ञापन सम्बन्धी काम विज्ञापन व्यवसायी मार्फत जाँदा नै मिडिया हाउसलाई सहज हुने बताए। विज्ञापनसँग सम्बन्धित नीति, नियम बनाउँदा यससम्बन्धी विज्ञहरुसँग छलफल परामर्श नगरिएको भन्दै उनले आगामी दिनमा सम्बन्धित विषय विज्ञको सुझाव लिइनुपर्ने बताए।


उनले भने, ‘सरकारले गर्ने होस् अथवा नीजि क्षेत्रले गर्ने विज्ञापन विज्ञापन व्यवसायीबाटै जाँदाखेरी मिडियालाई पनि सहज हुने र विज्ञापन व्यवसायीले पनि आफ्नो काम गर्न पाउँछन् । ऐन नियम बनाउँदा सम्बन्धित विज्ञसँग सुझाव लिनुपर्छ।’


आगामी दिनमा विज्ञापन व्यवसायलाई अप्ठ्यारो पार्ने काम गरिए कानुनी बाटो समात्ने पनि आनले जनाएको छ भने संघर्षको कार्यक्रम गर्ने चेतावनी पनि दिएको छ।


आनले आफ्नो स्थापना दिवसको अवसर पारेर आइतवारदेखि असार ७ गतेसम्म विज्ञापन सप्ताह मनाउँदै छ। एक साता विभिन्न कार्यक्रम गरिने भएको छ।


जस अनुसार पहिलो दिन कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ भने सप्ताहभरी विज्ञापन क्षेत्रका विभिन्न व्यक्तिहरुसँग अन्तर्क्रिया तथा मिडियामा यस क्षेत्रका व्यक्तिहरुको बाइट तथा अन्तर्वार्ताहरु प्रस्तुत गरिने आनले जनाएको छ।

प्रतिकृया