• ५ असोज २०८३, सोमबार
  • ६ः३७ बेलुका

दिपक मनाङे मन्त्री पदबाट बर्खास्त

प्रकाशित मिति

२०७८ जेष्ठ २८ गते, शुक्रबार ०६:२५

काठमाडौँ : कामचलाउ हैसियतमा रहेका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)लाई पदमुक्त गरेका छन्।

National Life

उनले मनाङेलाई पदमुक्त गरिएको पत्र प्रदेशप्रमुखलाई पठाएका छन्। बहालवाला मन्त्री भएर पनि विश्वासको मत नदिएपछि मनाङेलाई गुरुङले पदमुक्त गरेका हुन्। बिहीबार मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने क्रममा मतदानका बखत मनाङे प्रदेशसभामा अनुपस्थित थिए।


मनाङेले सम्हाल्दै आएको युवा तथा खेलकुद मन्त्रालय अब आफैले सम्हाल्ने गुरुङले प्रदेश प्रमुखलाई पठाएको पत्रमा उल्लेख छ। यता मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

उनले नयाँ सरकार बनाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने बताएका छन्। मनाङ ‘ख’ बाट प्रदेशसभामा निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै मन्त्री बनाएका थिए।

प्रतिकृया