• 9:49 pm

१६ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

प्रकाशित मिति

April 6, 2021

काठमाडौं : स्याङ्जाको वालिङ नगरपालिकामा १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ घर भएका २१ वर्षीय गणेश विश्वकर्मा छन् ।

आइतबार मध्यरात आफ्नै घरमा सुतेकी बालिकालाई बलात्कार गरेको परिवारको उजुरीका आधारमा गणेशलाई पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ । जबर्जस्ती करणी सम्बन्धी कसुरमा अदालतबाट १० दिनको म्याद लिएर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया