• २१:५६ २०८१ बैशाख ६ गते
  • 9:56 pm

सरकारको असफलताका कारण बाह्य शक्ति सक्रियः चित्रबहादुर केसी

प्रकाशित मिति

२०७७ चैत्र २४ गते, मंगलवार ०६:४७

chi 2 QdBmQyNA2w e1617714142652

बुटवल : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फेरि संसद विघटनको खेल शुरु भएको बताएका छन् । बुटवलमा मंगलबारदेखि शुरु भएको राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै केसीले सरकारले संसदलाई विजनेश दिन नचाहेको आरोप लगाए । उनले देशलाई निकास दिन प्रधानमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको दोहोर्याए ।

अध्यक्ष केसीले सरकारको असफलताका कारण नेपालमा बाह्य शक्ति सक्रिय भएको दावी गर्दै भारतले नेपालमा अस्थिरता चाहेको आरोप समेत लगाए । उनले भने, ‘अमेरिकाले जबर्जस्ती एमसीसी ल्याएर नेपालको परराष्ट्र नीति भत्काउन खोजेको छ र नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेको छ ।’ उनले नेपालमा भारतले हिन्दु राष्ट्र कायम गर्न खोजेको र अमेरिकाले एमसीसीमार्फत सेना भित्र्याउन खोजेको आरोप लगाए ।

सम्मेलनमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सरकारको असफलताका कारण मुलुकले संकट भोग्नुपरेको बताइन् । मुलुकमा अनियमितता, भ्रष्टाचार र महँगीले सीमा नाघेको उल्लेख गर्दै पौडेलले हत्या हिंसाका घटनामा संलग्नहरूलाई सरकारले कारवाही गर्न नसकेको आरोप लगाइन् । ३ दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा ७१ जिल्लाबाट ३ सय बढीको प्रतिनिधित्व रहेको सो पार्टीले जनाएको छ ।

प्रतिकृया