• 8:22 pm

पश्चिमी वायुको प्रभाव कायमै, आजको कस्तो छ मैसम ?

प्रकाशित मिति

January 2, 2021

काठमाडौँ, पश्चिमी वायुको प्रभाव कायमै रहँदा आज मुलुकका केही भू(भागमा वर्षा र हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल देशका पहाडी भू(भागमा सामान्यतया मौसम सफा रहे पनि तराई क्षेत्रमा हुस्सु लागिरहेको महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम १।३ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसो रहिरहने भएकाले तराई र पहाडी भू(भागका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरोको कारणले वायुको पारदर्शितामा कमी भइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया