• 9:47 pm

अ‍ोलीविरुद्ध मिलेर आन्दोलन गरौं-प्रचण्डसँग मोहनविक्रमको प्रस्ताव

प्रकाशित मिति

२०७७ पुष १७ गते, शुक्रबार ०५:४०

काठमाडौं, नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह बिहीबार सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध एक जुट भएर आन्दोलनमा होमिन आग्रह गरेका हुन् ।

सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि महामन्त्री सिंहले अध्यक्ष प्रचण्डसँग राजनीतिक विषयमा छलफल गरेका थिए ।

सिंहले  प्रधानमन्त्री केपी शर्मा ओली को गैरसंवैधानिक कदमविरुद्ध एक जुट भएर आन्दोलन गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

 

‘संसद विघटन असंवैधानिक छ । यो पुनःस्थापना हुनुपर्छ । संयुक्त आन्दोलन गरौँ, त्यसो हुन नसके तपाईंहरुले गर्ने आन्दोलनप्रति हाम्रो समर्थन हुन्छ’, प्रचण्डसँग महामन्त्री सिंहले भने । पछिल्लो समय विभाजन भएको नेकपा प्रधानमन्त्री ओलीको संसद विघटनको विरोधमा सडक आन्दोलन गरिरहेको छ ।

 

प्रतिकृया