पेट्रोलियम पदार्थ मूल्य वृद्धि
प्रकाशित मिति
२०७७ भाद्र १ गते, सोमबार ०८:५८
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा भाउ बढेर मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको प्रवक्ता उपाध्यायले बताए । नयाँ मूल्य समायोजन पछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १०५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको प्रवक्ता उपाध्यायले बताए । मूल्य वृद्धि स्वचालित मूल्य समायोजन कार्याविधि अनुसार नै भएको उनको दाबी छ ।
Related
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया