• ५ असोज २०८३, सोमबार
  • ७ः०३ बिहान

कोरोना संक्रमका कारण साउन महिनाभर ६५ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ भाद्र १ गते, सोमबार ०६:२०

 

National Life

काठमाडौं । नेपालमा साउन महिनाभित्र कोरोना भाइरसको संक्रमणबाट ६५ जनाको मृत्यु भएको छ ।

नेपालमा २ जेठमा कोरोना संक्रमणबाट पहिलो मृत्यु भएको थियो । जेठ र असार गरी दुई महिनामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा साउनमा ६५ जनाको मृत्यु भएको हो । कुल मृतक संख्या एक सय ४ पुगेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार १५ साउनयता संक्रमणबाट दैनिक मानिसको मृत्यु भइरहेको छ ।

विगतमा केही दिन बिराएर मृत्यु हुनेगरेकोमा गएको १८ दिनयता दैनिक कोरोना संक्रमणबाट मृत्यु भइरहेको छ । यसले संक्रमणबाट जोखिम बढेको देखिन्छ । दिन प्रतिदिन कोरोना संक्रमितको मृत्यु दर बढ्दै गएको छ ।

प्रतिकृया