• 4:08 am

नेपाल तरुण दलद्वारा आमा घरलाई स्वास्थ्य सामग्री वितरण

प्रकाशित मिति

August 12, 2020

काठमाडौं, नेपाल तरुण दल केन्द्रीय समितिले ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उक्त सामग्री वितरण गरेको हो ।

कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै तरुण दलले सामाजिक दूरी कायम गरी उक्त सामग्री वितरण गरेको हो । फलफूल एवं स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा सहयोग पुर्याइ दिएको भन्दै नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ। सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले धन्यवाद दिएको छ ।

प्रतिकृया