• ६ असोज २०८३, मंगलबार
  • १२ः१५ राती

उपत्यकाको एकीकृत विकास गृहकार्य सुरु

प्रकाशित मिति

२०७७ श्रावण ९ गते, शुक्रबार ०८:०१

 

National Life

काठमाडौं । काठमाडौ उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ ।

उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

काठमाडौं र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

प्रतिकृया