• ३ असोज २०८३, शनिबार
  • १०ः१९ राती

३८ ठाउँको अवरोध हटाइयो, आज बेलुकासम्म सडक खुल्न सक्ने

प्रकाशित मिति

२०७७ श्रावण ७ गते, बुधबार ०८:०७

काठमाडौं। राजधानीलाई देशका बाँकी भागसँग जोड्ने पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड सुुचारु गर्न दुुई दिन लाग्ने भएको छ । सो राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा गम्भीर क्षति पुर्याएपछि सोमबारदेखि राजमार्ग अवरुद्ध भएको छ ।

National Life

खोलामा थुुप्रिएको माटो ढुुङ्गा सफा गरी बुुधबार बेलुुकासम्म सडक खुल्न सक्नेछ । “सो ठाउँमा सफा गरी पानी डाइभर्ट गरी तार जाली राख्न काम सुुरु भइसकेको छ । बुुधबार बेलुुकासम्म राजमार्ग सञ्चालनमा आउन सक्छ”, सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले जानकारी दिए । उनले भने “खोलामा लोडर र एक्साभेटर झरिसकेको छ, तारजालीमा ढुङ्गा राख्न सुरु भइसकेको छ ।” पुलमा क्षति मात्र पुर्याएको हुनाले सो ठाउँमा बेलिब्रिज राख्न नमिल्ने उनले स्पष्ट पारेका छन्।

सो राजमार्गको चितवन–धादिङ खण्डमा पहिरो जाने क्रम जारी रहेको उनको भनाई छ। पृथ्वी राजमार्गमा करिब दुई सय ठाउँमा पहिरो गएका छन् । यो राजमार्ग खुलाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय तह लगायतसँग छलफल भइरहेको उनले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

लगातारको वर्षाले देशभरका अनेक सडक अवरुद्ध भएपछि तिनलाई खुलाउन तत्कालै प्रयास थालिएको छ । त्यस क्रममा अवरुद्ध भएका ३८ ठाउँका सडक पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ भने २५ ठाउँमा एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ ।

बाढी र वर्षाका कारण देशका विभिन्न ३५ ठाउँमा अझै पनि पूर्ण रूपमा सडक अवरुद्ध भएको छ । तिनलाई खुलाउन प्रयास अगाडि बढेको जनाइएको छ । यो समाचर आजको गोरखापत्र दैनिकमा लेखिएको छ ।

प्रतिकृया