• ६ असोज २०८३, मंगलबार
  • १२ः१४ राती

जबजले झस्किए दाहाल

प्रकाशित मिति

२०७७ श्रावण ६ गते, मंगलवार ०९:५८

 

National Life

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टीभित्रका पूर्वमाओवादी धारका नेताहरुलाई खुमलटार बोलाएर छलफल चलाएका छन् ।

अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षबाट जनताको बहुदलीय जनवाद ९जबज०को कुरा उठेपछि दाहालले आफूनिकट नेताको धारणा बुझेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

दाहालले शनिबारको सचिवालय बैठकलगत्तै राष्ट्रपति निवासमा आफूलाई बोलाएर महाधिवेशनपछि एकल अध्यक्षमा सहयोग गर्ने तर त्यसको लागि जबज स्वीकार गर्नुपर्ने प्रस्ताव ओली पक्षबाट आएको सुनाए । तर, त्यो प्रस्ताव आफूले अस्वीकार गरेको उनको भनाइ छ ।

‘राष्ट्रपतिजीसँग भएको छलफलमा मलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्ने प्रस्ताव आएको थियो । तर, त्यसको लागि जबजलाई स्वीकार गर्नुपर्ने प्रस्ताव आयो । मैले त्यस्तो हुन्न भनेको छु,’ दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने, ‘मंसिरमा महाधिवेशन सम्भव पनि छैन । जबजलाई पनि मान्ने कुरालाई स्वीकार गरेको छैन ।’

नेपालले पनि आइतबार दाहाल निवासमै भएको छलफलमा आफू जबजको पक्षपाती भएकाले अब जबजको बहस खुला गर्नुपर्ने, आगामी महाधिवेशनबा यसलाई कार्यदिशा बनाएर जानुपर्ने धारणा राखेका थिए ।

यसबाट झस्किएका दाहालले स्थायी गुटबन्दीभन्दा पनि मुद्दाका आधारमा सहकार्य गरेर जाने नीति अवलम्बन गर्नुपर्ने बताएका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिकृया