• 12:01 am

आज २०७७ आषाढ २९ सोमवारको राशिफल

प्रकाशित मिति

July 13, 2020

आज २०७७ आषाढ २९ सोमवारको राशिफल, ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ र भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ ।

मेष
साथीभाईसंगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ ।

वृष
प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम लिन सकिने छ । महत्वपूर्ण काम सफल हुनेछ । दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ ।

मिथुन
सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

कर्कट
बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन ।

सिंह
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ ।

कन्या
नयाँ कामको प्रस्ताव आउनेछ । पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन । मनग्य धन आर्जन हुनेछ । विछोडिएका परिवारसंग भेट हुनेछ ।

तुला
सोचेको आटेको काममा सफलता मिल्नेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ ।

वृश्चिक
साथीभाई र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । काममा आमाको सहयोग प्राप्त हुनेछ ।

धनु
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।

मकर
काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ ।

कुम्भ
नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाईसंगको रमाइलो भेटघाटमा मन खुसि रहनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

मीन
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरु सफल हुनेछन । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।

प्रतिकृया