• ४ असोज २०८३, आइतबार
  • ९ः०९ बिहान

आज पनि मेघगर्जन,चट्याङ्ग र हावाहुरीसहित वर्षा

प्रकाशित मिति

२०७७ बैशाख २९ गते, सोमबार ०८:१४

 

National Life

काठमाडौं । आजको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका केहि स्थानहरुमा र तराईका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना  रहेको जनाएको छ ।

हाल देशमा पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बंगालको खाडीवाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेको देखिएको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल देशको सुदुर पश्चिम प्रदेशमा आन्शिक बदली रहेको छ भने बाँकी सबै प्रदेशहरुमा सामान्य बदली रहेको छ।

पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया