• ५ असोज २०८३, सोमबार
  • २ः१२ राती

बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्छ, जस्ले कोरोना भाइरससंग लड्ने क्षमता प्रदान र्गछः अध्यक्ष दाहाल

प्रकाशित मिति

२०७७ बैशाख २५ गते, बिहीबार १०:०४

 

National Life

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका छन् । बुद्ध जयन्ती र उभौली पर्वको उपलक्ष्यमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रचण्डको सन्देशमा बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरु पहिल्याएकाले बुद्धप्रति सबै नेपालीले गर्व गर्न सकेको उल्लेख छ । प्रचण्डले २५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली समुदाय तथा विश्वभरका बौद्धमार्गीहरुमा र आज नै परेको किराँत समुदायको उभौली पर्वको उपलक्ष्यमा सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना गरेका छन् ।

प्रतिकृया