• ४ असोज २०८३, आइतबार
  • ९ः१० राती

जलविद्युत आयोजनाका सामाग्री सीमासम्म ल्याउन दिन भारत सहमत

प्रकाशित मिति

२०७७ बैशाख ८ गते, सोमबार ०७:०१

काठमाडौं । लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ ।

National Life

नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउनका कारण भारतमै अड्किएका थिए । जलविद्युत् आयोजनाका लागि आवश्यक उपकरण तेस्रो मुलुकबाट र कतिपय भारतीय उद्योगबाट उत्पादित सामान नेपाल भित्रिन नसक्दा जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका बेला भारतले सहजीकरण गर्ने भएको छ ।

दुबै देशमा लकडाउनको अवधि सञ्चालन भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षी सञ्जीव नन्दन सहायसँग सहयोगका लागि आग्रह गरेपछि भारतीय पक्ष सकारात्मक देखिएको हो । लकडाउनका बेला सचिव घिमिरेले समकक्षीसँग भर्चुअल बैठक गरी यस्तो आग्रह गर्नुभएको हो । सो बैठकपछि आइतवार नै भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिवको कार्यालयले भारतमा अड्एिका सवारी साधनको विवरण मागिसकेको छ । सचिव घिमिरेले भने, मैले भारतीय ऊर्जा सचिवसँग कुरा गरेपछि त्यहाँको अतिरिक्त सचिवको सचिवालयले जलविद्युत्का सामान, उपकरण बोेकेका सवारी साधन र अड्किएको स्थानका बारेमा विवरण माग गरेको । त्यसका विवरण हामी आजै पठाउन थालेका छौँ । अब चाँडै उताबाट सवारी साधनको पासको व्यवस्था भएपछि सीमा नाकासम्म सवारी साधन आउने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

हाल नेपालमा सरकारी क्षेत्रबाट निर्माणाधीन अवस्थामा रहेका माथिल्लो तामाकोशी, रसुवा, साञ्जेन, भोटेकोशी लगायतका जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सामानको अभावमा काम रोकिदै आएको छ । उता नीजि क्षेत्रबाट निर्माणाधिन अवस्थामा रहेका जलविद्युत् आयोजनाका काम पनि ठप्प हुँदै आएका छन् । त्यसैगरी सचिव घिमिरेले भारतीय समकक्षीसँग भारतसँग जोड्ने बुटवलदेखि गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी खडा गर्ने प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको बताएका छन् । सो प्रसारण लाइन निर्माण गर्न कम्पनी खडाको प्रक्रिया र शेयर होल्डर सम्झौता लकडाउनका अवधि समाप्त भए लगत्तै गर्नपर्नेमा पनि भर्चुअल बैठकमा नेपालले जोड दिइएको छ । नेपालका प्रश्तावमा भारत सकारात्मक देखिएको सचिव घिमिरेले बताएका छन् । गोरखापत्रबाट साहाभार

प्रतिकृया