• ५ असोज २०८३, सोमबार
  • ६ः३४ बेलुका

एक वर्षमा दुई पटक भत्कियो पुल

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०७:४८

गुल्मी । मुसीकोट नगरपालिका ३ र ७ जोड्ने निर्माणधिन पक्की पुल फेरि भत्किएको छ। गतवर्षको वैशाख १ गते ढलान गर्दागर्दै भत्किएको उक्त पुल बुधबार फेरि भत्किएको हो।

National Life

बुधबार साँझ अविरल वर्षा भएपछि पुल भत्किएको स्थानीयको भनाई छ। अघिल्लो वर्ष भत्किएर रोकिएको पुल गत पुसदेखि पुनः निर्माण थालिएको थियो। पुल भत्किएपछि स्थानीय निराश भएका छन्। संघीय सरकारको ५ करोड रुपैयाँ लागतमा पुल निर्माणधिन अवस्थामा रहेको मुसीकोट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जानकारी दिए।

पुल निर्माणको जिम्‍मा वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ। पिलर बिनाको निर्माण गर्न थालिएको थियो। यस्तो डिजाइनको पुल बढीमा ४० मिटर लम्बाईको निर्माण गर्दा उपयुक्त हुने भएपनि ५७ मिटर लामो बनाउँदा समस्या आएको हुनसक्ने प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाई छ। अन्नपुर्ण पोष्टबाट साहाभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया