• ५ असोज २०८३, सोमबार
  • ७ः२२ बेलुका

कडा गरिदै लकडाउन , एक स्थानीय तहबाट अर्कोमा जान नपाइने

प्रकाशित मिति

२०७६ चैत्र २३ गते, आईतवार ०५:३२

 

National Life

काठमाडौं । शनिबारको बसेको मन्त्रिपरिषद बैठकले लकडाउनमा कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय गरेको छ ।

सरकारले अत्यावश्यक काम बाहेक एक स्थानबाट आर्को स्थानमा नहिड्न आग्रह गरेको छ । कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सरकारले यही चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पहिलो चरणअन्तर्गत चैत १८ गतेसम्म घोषणा गरिएको लकडाउन पुनः थप गरेर चैत २५ गते राति १२ बजेसम्मका लागि तोकिएको छ । सरकारले चैत २५ पछि लकडाउन के गर्ने भन्नेबारे कुनै टुंगो लागेको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

चैत २५ गते पछि लकडाउन के गर्ने भन्नेबारे आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय हुने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले यसबारे जानकारी दिए ।

प्रतिकृया