• ६ असोज २०८३, मंगलबार
  • ९ः०० बिहान

ललिता निवास प्रकरणः अख्तियार अनुसन्धान आयोगमा पूर्वप्रधानमन्त्रीदेखि पुर्वमन्त्री विरुद्ध मुद्धा दायर

प्रकाशित मिति

२०७६ माघ २३ गते, बिहीबार ०९:३२

काठमाडौं, ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीदेखि पुर्वमन्त्री, नेकपाका नेता, व्यापारी लगायतका विरुद्ध मुद्धा दायर भएको छ । बुधबार अख्तियारले १ सय ७५ जना विरुद्ध अख्तियार अनुसन्धान आयोगमा मुद्धा दायर गरेको हो । तर, उक्त जग्गा प्रकरणमा चर्चामा आएका नेकपाका महासजिव विष्णु पौडेल विरुद्ध मुद्धा दायर भएको छैन ।

National Life

उनीमात्रै होइनन्, मन्त्रिपरिषदबाट निर्णय गराएको विषय भन्दै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायत १० जनाको नाम पनि लिस्टबाट हटाइएको स्रोतले जनाएको छ । मुद्धा दायर गरिएको हकमा भने कैद र विगोदाबीको माग गरिएकोे छ । विगो मागदावी गरिएकोमा सबै भन्दा माथि शशीकान्त ढकाल रहेका छन् ।

उनी विरुद्व ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ मागदावी गरिएको छ भने विजय गच्छदारलाई ९ करोड ६५ लाख ७६ हजार, चन्द्रदेव जोशीलाई ७ करोड ८ लाख ४८ हजार, दिनेशहरि अधिकारीलाई ७ करोड ८ लाख ४८ हजार, दीप बस्न्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ तथा भाटभटेनी सुपरमार्केटसँग ५० करोड रुपैयाँ मागदावी गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया