• ५ असोज २०८३, सोमबार
  • ६ः२५ बेलुका

प्रचण्डले भने– अग्नि सापकोटाको विरोध नगरौँ

प्रकाशित मिति

२०७६ माघ ९ गते, बिहीबार ११:१५

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले सभामुख चयनको विषयलाई लिएर माइतीघर मण्डलामा भइरहेको प्रदर्शनको औचित्य नरहेको बताएका छन् ।

National Life

सभामुखमा निर्विरोध भएका नेकपाका उम्मेदवार अग्नि सापकोटालाई सभामुख बनाउन नहुने मागसहित माइतीघर मण्डलामा बुधबार प्रदर्शन भएको थियो । कांग्रेसले समेत सभामुखमा सापकोटालाई समर्थन गरिसकेको स्थितिमा माइतीघर मण्डलामा भइरहेको प्रदर्शनप्रति प्रचण्डले व्यङ्ग्यसमेत गरेका छन् ।

‘सभामुखको बारेमा सिङ्गो राष्ट्र एक ठाउँमा उभिइसक्यो साथीहरुले किन दुस्ख गरेका हुन् यो जाडोमा’ उनले भने ‘उहाँमाथि आरोपमात्र लागेको हो, आरोप लागेजस्तो कुरा केहीपनि छैन् ।’

Classic Tech Mobile
Classic Tech Desktop

समाजवादी पार्टी नेपालका केन्द्रीय सहायक प्रवक्ता रामप्रसाद रिजाललगायत नेकपा प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीबाट सर्वसम्मत निर्णय गरेर सभामुखमा सापकोटालाई अघि सारेको र अरु पार्टीहरुले पनि समर्थन गरेको बताए । ‘सभामुखको बारेमा राष्ट्र नै एक ठाउँमा भएको बेला हो यो । त्यसैले माइतीघर मण्डलमा साथीहरुले दुस्ख नगरे हुन्थ्यो,’ उनले भने।

प्रतिकृया