• ६ असोज २०८३, मंगलबार
  • ८ः५९ बिहान

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दै

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०८:३६

काठमाडौं ,नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ। पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो। यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो। गत मंसिर २६ गते सुरु भएको केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटकपटक बहिस्कार गरेपछि राम्रोसँग बस्न सकेको थिएन।

National Life

बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्ताव गरेका विभागहरु, तिनलाई प्रदान गर्ने नेतृत्व, तरुण दलमा सदस्य मनोनित एवम् नेविसंघको तदर्थ समिति गठन लगायतका विषयमा पौडेल पक्षको असहमति छ। पौडेल पक्षले अब सिधै १४ औँ महाधिवेशनको तयारीमा लाग्नुपर्ने र सोही प्रस्ताव सभापतिले बैठकमा ल्याउनुपर्ने भन्दै बैठक बहिस्कार गर्दै आएको छ। आजको बैठकमा पनि पौडेल पक्षले आफ्ना पुरानै मागहरु दोहोर्याउने तयारी गरेको छ। तर सभापति देउवा भने अब पेलेरै जाने तयारीमा रहेको उनका निकट नेताहरुले जनाएका छन्।

प्रतिकृया