• ४ असोज २०८३, आइतबार
  • ५ः२६ बेलुका

स्थानीय तहले ३ लाख युवालाई रोजगारी दिने,

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०७:३०

काठमाडौं ,सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पीएमइपी मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम अन्तर्गत ७५३ स्थानीय तहमा पुसको परियोजनामार्फत रोजगारी दिन सो बजेट विनियोजन गर्न लागेको हो।

National Life

सरकारले महत्वका साथ अघि बढाएको प्रधानमन्त्री स्वरोजगार कार्याक्रम पीएमइपी अन्तर्गत स्थानीय तहमा परियोजना सञ्चालन गरी बेरोजगार युवालाई एक सय दिनसम्मको रोजगारी दिन पुसको अन्त्यसम्म बजेट विनियोजन गर्ने तयारी शुरु गरेको खबर कारोबार दैनिकमा छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव ढा नारायण रेग्मीले रोजगारी सृजनाका लागि श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आयोजना माग गरिएको बताए।
कारोबार दैनिक बाट साभार ।

प्रतिकृया