• ४ असोज २०८३, आइतबार
  • ६ः५६ बेलुका

आदेश पालक होइन, संसदको नेता छानौं’

प्रकाशित मिति

२०७६ पुष ११ गते, शुक्रबार ०६:४९

काठमाण्डौं ,संसदकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेपछि महराले १५ असोजमा राजीनामा दिए ।उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । र, संसदमा भने नयाँ सभामुखको खोजी भइरहेको छ ।संसदमा बहुमत भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्व उपसभामुख शिवमाया तुम्बाहम्फेलाई राजीनामा गराएर आफ्नै पार्टीबाट सभामुख बनाउन चाहन्छ । तर तुम्बाहाम्फे आफैं सभामुखका लागि लबिङ छन् भने शीर्ष तहमा पूर्वएमाले कि पूर्वमाओवादीबाट सभामुख भन्ने रस्साकस्सी पनि चलिरहेको छ ।

National Life

नेकपाभित्रको रस्साकस्सीलाई नजिकबाट हेरिरहेको प्रमुख विपक्षी कांग्रेस नयाँ सभामुखबारे के सोच्छ त सांसद मिनेन्द्र रिजालले अनलाइनखबरसँग भने, ‘सभामुख को भन्ने प्रश्नको जवाफ खोज्दा हामीले संसदलाई सरकारको अंग बनाउने कि सरकारलाई संसदपूर्ण पूर्ण उत्तरदायी बनाउने भन्ने सैद्धान्तिक पक्षलाई हेर्नुपर्छ ।’प्रष्ट बहुमत भएको सरकारले संसदलाई आफ्नो अनुकुलतामा प्रयोग गर्न खोज्नु पनि अन्यथा होइन । ‘त्यस्तो बेला सभाको लिडर सही भएन भने सरकारलाई चेक एण्ड ब्यालेन्समा राख्न सकिँदैन’ कांग्रेस सांसद गगन थापा भन्छन्, ‘त्यसका लागि सरकारमाथि आउने प्रश्नलाई स्पेश दिनुपर्छ र त्यसले सरकारलाई संसदप्रति एक प्रकारको डर हुन्छ ।’

संसदको झण्डै दुई वर्षको अवधिमा सरकारलाई संसदप्रति डर नदेखिएको कांग्रेस सांसदहरुको ठम्याइ छ । सरकार बरु मिडिया, नागरिक समाज सबैसँग डरायो तर संसदसँग पटक्कै डराएन, किनकी सभामुखको भूमिका सदनको लिडरको जस्तो देखिएन’ सांसद थापा भन्छन्, ‘त्यही कारण हाम्रो संसदले प्रभावकारी भूमिका खेल्न सकेन ।’

Classic Tech Mobile
Classic Tech Desktop

अमुख पार्टीको नेताभन्दा संसदमा भएका सबै दल र सांसदको नेता बन्ने व्यक्ति नयाँ सभामुख भए सिंगो संसदको विश्वसनीयता बढाउने कांग्रेस सांसदहरुको धारणा छ ।कांग्रेस सांसदहरुले आगामी दिनमा सदनमा सरकार र विपक्षीको द्वन्द्व बढ्ने सम्भावना पनि देखेका छन् । त्यसलाई सम्हाल्न सभाको नेतृत्वकर्ता कुशल हुन पनि जरुरी छ ।

आगामी दिनमा प्रधानमन्त्री अझ नियन्त्रणमुखी हुनसक्ने विश्लेषण सुनाउँदै सांसद रिजालले भने, ‘त्यसअनुसार विधेयकहरु आएका छन् र भोलिका दिनमा पनि आउँछ । त्यस्तो बेला संसद कसरी चल्छ भन्ने लोकतान्त्रिक राज्यका लागि महत्वपूर्ण हुन्छ ।’कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण भने यसका लागि सभामुख र उपसभामुख सहमतिमा चुन्नुपर्ने धारणा राख्छन् । केही पहिले सत्तारुढ नेकपाको नेतृत्वसँग यस्तो प्रस्ताव समेत राखिएको भन्दै उनले भने, ‘त्यसो भयो भने समन्वय गर्न र सहकार्य गर्न सहज हुन्छ ।’

उनले पनि नयाँ सभामुख पार्टीको नेता र कार्यकर्ता वा आदेश पालक भन्दा सबैको सभामुख बन्नसक्नुपर्ने बताए । यसो भएमा आफ्नो दलले पनि सहयोग गर्ने खाँणले सुनाए ।

प्रतिकृया