• ५ असोज २०८३, सोमबार
  • ७ः४७ बिहान

एनआरएनएको पहिलो ‘फेस टु फेस मिटिङ’ बस्दै

प्रकाशित मिति

२०७६ पुष ७ गते, सोमबार १०:१९

काठमाडौं, गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ‘फेस टू फेस मिटिङ’ पोखरामा बस्ने तय भएको छ । अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतिय बैठकले आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा ‘फेस टू फेस मिटिङ’ आयोजना गरिने निर्णय गरेको हो ।

National Life

बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई अन्तिम रुप दिने संघका प्रवक्ता डिवी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रवक्ता क्षेत्रीका अनुसार २ दिने बैठकले संघको विशेष महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ । जसमा फेस टु फेस बैठकको संयोजनको लागि उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया