• ५ असोज २०८३, सोमबार
  • ८ः२८ बिहान

समाजवादी पार्टीको बैठक बस्दै

प्रकाशित मिति

२०७६ मंसिर ७ गते, शनिबार ०१:५३

काठमाडौं, समाजवादी पार्टी नेपालको बैठक शनिबार बस्दैछ । पार्टीसँग परामर्श नै नगरी प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेकाले छलफल गर्न समाजवादी पार्टी नेपालले बैठक बोलाएको हो । आज अपराह्न चार बजेपछि पार्टी कार्यालय ललितपुर बालकुमारीमा बैठक बस्ने पार्टी निकट स्रोतले जानाएको छ ।

National Life

सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएकोमा समाजवादी पार्टी असन्तुष्ट छ । केही नेताहरुले सरकार छाड्न दवाव दिँदै आएका छन् । बुधबार मन्त्रीपरिषद् पुनर्गठन हुँदा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयवाट हटाएर कानून मन्त्रालयमा पुर्‍याइएको छ ।

समाजवादी पार्टीले नै जिम्मेवारी सम्हालेको सहरी विकास मन्त्रालयमा रामवीर मानन्धरलाई राज्यमन्त्री बनाइएको छ । साथै सो पार्टीका स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई हटाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रीपरिषद् पुनर्गठनपछि पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको छ । तर अध्यक्ष यादव पक्षका नेता सरकार छाड्ने मनस्थितीमा देखिएका छैनन् ।

प्रतिकृया