• ४ असोज २०८३, आइतबार
  • ५ः३० बेलुका

कालापानी र लिपुलेकको बिषयमा सरकार कुनै ठोस पहल तर्फ लाग्न नसक्नु कमजोरी हो :बिजुक्छेंले

प्रकाशित मिति

२०७६ मंसिर ६ गते, शुक्रबार ०५:३१

भक्तपुर, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ३५ दिनभित्र अन्तराष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका बिषय जटिल बन्ने बताएका छन्।

National Life

भारतले मिचेको सीमाका बिषयमा सरकाले अन्तराष्ट्रिय अदालत र सुंयक्त राष्ट्र संघमा बेलैमा यो मुद्धालाई लैजान नसकेको भन्दै ३५ दिनभित्र यो बिषयलाई उक्त स्थानमा लानु पर्नेमा उनले जोड दिए।

भारतले जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर आफ्नो बनाउनु र यस बिषयमा नेपाल सरकारले कुनै ठोस पहल तर्फ लाग्न नसक्नु कमजोरी भएको र यसले सरकार भारतसँग कुनै न कुनै बहानामा झुकेको आरोप समेत उनले लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले गरेको मन्त्रिमण्डल पूनर्गठनको विषयमा बोल्दै अध्यक्ष बिजुच्छेंले सरकारले हाल भएका मन्त्रीलाई किन हटाइयो र नयाँ मन्त्री किन ल्याइयो भन्ने कुनै ठोस बिषय जानकारी दिन नसक्नु सरकारको असक्षमता भएको बताए।

तीन तहको सकरकारले झनै जटिलता निम्ताएको बताउँदै सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुगेको भन्नु नै जनतलाई भ्रममा पार्नु हो र यस बारे शिर्ष नेताहरुले समेत बुझ्न नसकेको उनले बताए। गाउँगाउँमा अधिकार नभएर सिंहदरबारको भ्रष्टाचार पुगेको उनको दावी थियो।नेपालको कुटनीतिक पक्ष सदैब कम्जोर रहेको भन्दै बिजुक्छेंले कुटनैतिक असफलताकै कारण वैदेशिक हस्तक्षेप तिब्र बन्दै गएको बताए।सरकारको काम गर्ने शैलीमा जती बर्ष भए पनि कुनै फरक नपरेको भन्दै वर्तमान सरकारको झन्डै दुई बर्षको काम भनेको जनता झुक्काउने मात्र भएकाले ठोस उपलब्धि हासिल गर्न नसकेको उनले बताए।

उनले सरकारको अदुरदर्शी सोचकै कारण प्रदेश सरकार र स्थानीय सरकारले काम गर्न नसेको बताए।चीनले नेपालको सीमा मिचेको बिषयमा बोल्दै उनले चीनले सीमा नमिचेका दावी समेत गरे। चीनले सीमा मिचेको बिषय हल्ला मात्र भएको ।बताउँदै असल छिमेकीको भूमिका खेलिरहेको चीनसँगको कुटनीतिक सम्बन्ध बिस्तारमा सरकार अझै चुकेको उनको भनाइ छ।

प्रतिकृया