• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिनु पर्छ :मन्त्री थापा

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०१:०५

विराटनगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले अहिले पनि महिलामाथिको विभेद अवशेषको रुपमा रहेकाले त्यसलाई अन्त्य गरी समतामूलक समाज निर्माण गरिनुपर्ने बताउनुभएको छ ।

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिनुभयो । नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिंसामुक्त देश’ अभियानलाई बनाउन तीनै तहका सरकारले सबैको सहयोग लिनुपर्नेमा जोड दिनुभयो ।

Kamana Sewa

उहाँले प्रदेश प्रमुखहरुमा ३३ प्रतिशत महिलाको सहभागिताका लागि पार्टी तथा सरकारलाई सुझाव दिइएको र स्थानीय तहमा ४१ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको जानकारी दिनुभयो ।

Classic Tech Desktop

प्रतिकृया