• ५ असोज २०८३, सोमबार
  • ८ः५५ बिहान

निर्वाचन आयोगले बनायो तेस्रो पञ्चवर्षीय योजना

प्रकाशित मिति

२०७६ भाद्र २ गते, सोमबार ०४:५४

काठमाडौँ, निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना तयार पारेको छ । आयोग परिसरमा सोमबार पत्रकारसँग कुरा गर्दै प्रवक्ता शंकरप्रसाद खरेलले ७ वटै प्रदेश र सम्बन्धित क्षेत्रका निकायसंग गरिएको परामर्शबाट प्राप्त सुझाव समेटेर रणनीतिक योजनाको मस्यौदा तयार पारिएको जानकारी दिनु भयो ।

National Life

आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजना ९२०७६/७७ –२०८०/८१० तयार पारेको हो । पञ्चबर्षीय रणनीतिक योजनाका लागि ५ वटा रणनीति र ४० वटा कार्यनीति तय गरिएको छ ।

कार्यनीति कार्यान्वयनका लागि ५ बर्षको कार्ययोजनासमेत तयार गरी १ सय ५६ वटा क्रियाकलापहरु पहिचान गरिएको छ । स्वच्छ ,स्वतन्त्र, निश्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचनमार्फत नागरिकलाई राजनीतिक अधिकारको उपभोग गर्ने अवसर सुनिश्चित गर्न रणनीतिक योजना तयार पारिएको प्रवक्ता खरेलले बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया