• ५ असोज २०८३, सोमबार
  • ७ः११ बिहान

नेकपाको उपाध्यक्ष बामदेव गौतमलाई बनाउने प्रस्ताव

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०३:५६

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई उपाध्यक्ष बनाउने भएको छ । नेकपा सचिवालयको शुक्रवार बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष पद सिर्जना गरेर गौतमलाई जिम्मेवारी दिने प्रस्ताव राख्नु भएको हो ।

National Life

तत्कालीन एमाले र माओवादी मिलेर नेकपा गठन गर्दा दुई अध्यक्ष र महासचिव मात्र तोकिएको थियो तर पार्टी एकताको डेढ वर्षपछि गौतमका लागि उपाध्यक्ष पद सिर्जना गरिएको छ । नेकपा महासचिव बिष्णु पौडेलले पनि गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटीमा राख्ने बताउनु भएको छ ।

प्रतिकृया