• ६ असोज २०८३, मंगलबार
  • १२ः०७ राती

नेकपा बैठकको टुङ्गो : ईश्वर पोखरेललाई स्कुल विभाग र नारायणकाजीलाई प्रचार विभाग

प्रकाशित मिति

२०७६ श्रावण ३१ गते, शुक्रबार ०३:०७

काठमाण्डौ, सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । नेकपाको आजको बैठकले विभागको जिम्मेवारी कसलाई दिने भन्ने टुङ्गो लगाएको छ ।आजको बैठकले सबैभन्दा धेरै विवादमा रहेको स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाउने निर्णय गरेको छ । यही विभागको दावी गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने प्रचार विभाग दिइएका् छ ।

National Life

त्यसैगरी विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् ।

अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ । आजको बैठकले सातवटै प्रदेशमा सहइन्चार्ज थप्ने निर्णय पनि गरेको छ । यस अघि प्रदेशमा इन्चार्ज मात्रै राख्ने निर्णय गरिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

 

 

 

 

प्रतिकृया