• ४ असोज २०८३, आइतबार
  • १२ः०१ दिउँसो

सरकारले संबिधानलाई मिच्दै गए कांग्रेस सडक संघर्ष गर्न बाध्य हुने : सभापति देउवा

प्रकाशित मिति

२०७६ श्रावण १९ गते, आईतवार १०:३४

भक्तपुर, नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुईतिहाईको आडमा सरकार निरंकुश बन्दै गएको बताउनु भएको छ । आज भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्र राज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाउनुभयो ।

National Life

प्रधानमन्त्रीले सेना,प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो । देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी,कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको उहाँको आरोप थियो ।उहाँले भन्नुभर्यो ,राष्ट्रसेवकहरु हो ,तपाईंहरु कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होईन,ब्यबसायिक भएर देश र जनताको सेवा गर्ने हो,तपाईहरुलाई नेकपाले तलब ख्वाएको होईन,जनताको करबाट तलब खाने तपाईहरुले जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं ।’

प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको बताउनुभयो । सरकारले संबिधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपुर्ण अबस्था आएको भन्दै त्यस बिरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिनुभयो ।सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उहाँले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता बिश्वप्रकाश शर्मा,गगन थापा,पुर्व सभामुख दमननाथ ढुंगाना,प्रा.डा.गोबिन्दराज पोखरेल,कांग्रेस जिल्ला सभापति दुर्लभ थापा लगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होईन शान्ति र समृद्धि चाहिएको बताउनुभयो ।

प्रतिकृया