• ५ असोज २०८३, सोमबार
  • ६ः३३ बिहान

कुमारी इन्द्रजात्राले समृद्धि हासिल गर्न उत्प्रेरित गर्न सकोस्ः राष्ट्रपति

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०७:५०

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाराधना गरी मूलतः काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वका अवसरमा उपत्यकाका नेवार समुदायलगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । मौलिक परम्परा, सभ्यता र संस्कृतिका धनी नेवार समुदायले मनाउने सबभन्दा ठूलो पर्वका रूपमा रहेको कुमारी इन्द्रजात्रा जस्ता सांस्कृतिक पर्वले समाज र समुदायका सदस्यबीचको आपसी सम्बन्धलाई नवीकृत गर्नाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा परस्पर विश्वास‚ सद्भाव‚ सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

National Life

कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्नसकोस् भन्ने शुभेच्छा पनि राष्ट्रपतिले व्यक्त गर्नुभएको छ । साथै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड९१९०को महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने गरी यो चाड मनाउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजार्चना, जीवितदेवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजाराधनाका साथै नेवारी परिकार समयबजीको भोजनसहित हर्षोल्लासपूर्वक मनाउने परम्परा छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया