• ६ असोज २०८३, मंगलबार
  • २ः३० राती

दार्चुलामा बाढी, पहिरोमा आमा–छोरी बेपत्ता

प्रकाशित मिति

२०७७ श्रावण ५ गते, सोमबार ११:५५

दार्चुला, दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा आइतबार रातिको अविरल वर्षापछि २ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नौगाड गाउँपालिका–६ का ३५ वर्षीया मानमती ठगुन्ना र उहाँकी ६ वर्षीया छोरी रेवती ठगुन्ना रहेको भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

National Life

पहिरोले विद्यालय भवन, २८ बाख्रा, कुखुरा फर्म, तीनवटा पानी घट्ट बगाउनुका साथै पारी गाउँका तीन घरमा पूर्ण क्षति पुर्‍याएको नौगाडका स्थानीयले बताएका छन् ।

पारिगाउँमा मात्रै नभइ नौगाड गाउँपालिकाको वडा नम्बर १, २ र ३ लगायत विभिन्न बस्तीमा बाढी, पहिरोले ठूलो क्षती गरेको नौगाडका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीसमेत खटिएको बुझिइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया