• ३ असोज २०८३, शनिबार
  • ८ः४९ राती

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

प्रकाशित मिति

२०७७ असार ३१ गते, बुधबार ०९:२५

 

National Life

एजेन्सी । राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् ।

सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा शव फेला परेको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

३३ वर्षीय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशी बुवाआमाका छोरा सलेहमा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिकामा सरेको थियो।

अमेरिकामा कम्प्युटर इन्जिनियरिङ पढेका सलेहले पाँचवर्ष अगाडि साथीहरुसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओको स्थापना गरेका थिए ।

उनले नाइजेरियामा गोकाडा नामक अर्को मोटरसाइकल राइड सेयरिङ कम्पनी समेत खोलेका थिए ।

प्रतिकृया