• ६ असोज २०८३, मंगलबार
  • ६ः२७ बिहान

सिरहाका २० जना कोरोना मुक्त

प्रकाशित मिति

२०७७ जेष्ठ २८ गते, बुधबार १०:०५

 

National Life

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मंगलबार घर फर्किएका छन् ।

उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.सुभाष मण्डलले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए ।

निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाएका थिए । बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरू पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु मण्डलको भनाइ छ ।

प्रतिकृया