• ५ असोज २०८३, सोमबार
  • ७ः१० बेलुका

‘लकडाउन’मा लुट्दै यातायात ब्यवसायी, सरकार मूकदर्शक

प्रकाशित मिति

२०७७ बैशाख १९ गते, शुक्रबार १०:०९

 

National Life

काठमाडौं । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको मौकामा बस व्यवसायीले यात्रुसँग बढी भाडा असुल गरेर लुट मच्चाएको पाइएको छ ।

सरकारले घोषणा गरेको लकडाउनमा अलपत्र परेकालाई स्थानीय सरकार, मन्त्री र सांसदको सहजीकरणमा गाउँसम्म  पुर्याउनेकाम हुँदै आएको थियो । त्यस क्रममा बस व्यवसायीले दुईतर्फीको भाडा भन्दै शत प्रतिशत बढी भाडा असुलेको पाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

लकडाउनमा बिनापासका सवारी चलाउन नपाइने भएपछि थन्किएर बसेका बसले स्थानीय सरकारको समन्वयमा सञ्चालन गर्ने मौका पाएका थिए । त्यसै मौकामा आउजाउको भाडा असुलेको पाइएको हो ।

काठमाडौंबाट खोटाङ दिक्तेलसम्मको भाडा १ हजार लिने गरिएकामा लकडाउनको मौकामा बस व्यवसायीले २ हजार लिएको एक यात्रुले जानकारी दिए । काठमाडौंबाट धरानसम्मको भाडा पनि १ हजार भएकामा २ हजार लिएको पाइएको छ । लकडाउनमा अलपत्र परेका विद्यार्थी, ज्यालादारीमा काम गर्ने श्रमिक र मजदुरसँग दोब्बर बढी भाडा लिइँदा पनि सरकारी निकाय मूकदर्शक बनेको छ । राजधानी दैनिकबाट साहाभार

प्रतिकृया