• ५ असोज २०८३, सोमबार
  • ७ः५० बिहान

पुनर्निर्माण योजनाबद्ध ढङ्गले सफल हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ बैशाख १२ गते, शुक्रबार ०७:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

National Life

प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिनुभएको सन्देशमा पुनर्निर्माणका काम द्रुत गतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुका रूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस विरुद्धको लडाइँका कारण पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा पनि गम्भीर असर परेको स्पष्ट पारेका छन् । पाँच वर्षअघि २०७२ साल वैशाख १२ गते (आजकै दिन) गोरखाको बारपाकमा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका पराकम्पबाट करिब नौ हजार जनाले ज्यान गुमाउनुपरेको थियो भने मुलुकले करिब सात खर्ब रुपियाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो । प्रधानमन्त्री ओलीले सन्देशमा त्यस विनाशकारी भूकम्पमा परी आफ्नो अमूल्य ज्यान गुमाउनुभएका सबै दिदीबहिनी तथा दाजुभाइको स्मरण गँर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भूकम्पले निजी आवास, पुरातातिवक तथा सांस्कृतिक सम्पदामा ठूलो क्षति पुर्याए पनि ‘पहिलेको भन्दा राम्रो र त्योभन्दा झन् बलियो’ भन्ने नाराका साथ पुनर्निर्माण अभियान थालिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले बितेका पाँच वर्षमा भूकम्प प्रतिरोधी र आकर्षक कयौँ संरचना बनाउन सफल भएको बताएका छन् । गोरखापत्रबाट साहाभार

प्रतिकृया