• ४ असोज २०८३, आइतबार
  • ११ः१४ राती

आज पनि  केही स्थानमा चट्याङ, हावाहुरीसहित वर्षा हुने सम्भावना

प्रकाशित मिति

२०७७ बैशाख ६ गते, शनिबार ०९:०६

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

महाशाखाका अनुसार आज मध्य र पूर्वका केही स्थान तथा पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ तथा असिना र हावाहुरीसहित वर्षाको संभावना छ ।

अहिले पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी र मध्य भू–भागमा आंशिक बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

आजै राति पूर्वी र मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यसअघि शुक्रबार पनि मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित वर्षा भएको थियो ।

प्रतिकृया